कञ्चनपुर – कञ्चनपुरमा नदीमा बगेर बेपत्ता भएको वृद्धको शव भेटिएको छ । शुक्रबार शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका अन्दाजी ७० वर्षीय गणेश कुँवरको आइतबार शव भेटिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित शिवरमा बस्दै आएका कुँवर नदी तर्ने क्रममा बेपत्ता भएका थिए ।

उनको शव बगेको ठाउँभन्दा करिब दुई किलोमिटर दक्षिण सनवोरा र स्याली नदीको दोभानमा फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । कुँवरको तीन दिनसम्म प्रहरी, स्थानीय बासिन्दा लगायतले खोजी गरेका थिए ।


















