
अत्तरिया – कञ्चनपुरमा प्रहरीले सुत्ने कोठामै छापा हानेर लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । शनिवार साँझ गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका – ९ लालपुरका ३० वर्षीय गणेश विष्टको घर खानतलासी गर्दा उनको सुत्ने कोठाबाट ५.८६ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी सुडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विष्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइको छ ।














