सपना सजाउन मिल्छ ,सपना भित्रै महल ठड्याउँन मिल्छ

तेही सपना देख्न पनि हेर प्रिय ,निदाउन त झुप्रो चाहिन्छ ।
तिमी भन्छयौ हतार के छ ? उमेर छदैछ ,जवानी छदैछ
आजै बलेन आगो चुलोमा,बले पनि त बसाउन चामल चाहिन्छ ।
आँसु खसाली ,सपना नबगाऊ तिमि, सपनाको मोल हुन्छ
तेही आँसु पुछ्न पनि हेर प्रिय ,रुमाल चाहिन्छ ।
हुँदैन सधैँ औशीको रात,पूर्णिमाको जुन पनि त हुन्छ

हुर्काउन पनि सपना हेर प्रिय ,खुल्ला गगन चाहिन्छ ।
नारी धरणी हुन, नारी जननी हुन् ,पर्ख मात्र केही वर्ष पर्ख
बिहानी मात्र भएर हुँदैन प्रिय ,घाम लाग्न त बादल फाट्न चाहिन्छ ।
सपना सजाउन मिल्छ ,सपना भित्रै महल ठड्याउँन मिल्छ
तेही सपना देख्न पनि हेर प्रिय ,निदाउन त झुप्रो चाहिन्छ ।
दशरथ ओझा
गोदावरी ०४, वसन्तपुर
– गजलकार समैजी मा बि मजगाउँ गोदावरी ०८, कैलाली का शिक्षक हुनुहुन्छ



















