खाेज्नुहाेस

डोटीको बोगटान फुड्सिल गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

Image

डोटी– डोटीको बोगटान फुड्सिल गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

navjiwan hospital

कार्यक्रममा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको विवरण सार्वजनिक गरिएको थियो । गाउँपालिका अध्यक्ष कमल गड्सिलाको सभापतित्वमा आयोजित कार्यक्रममा गाउँपालिकाका लेखा प्रमुख मीनबहादुर चन्दले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

attariya hospital

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिष्नादेवी बमले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । गाउँपालिकाका अध्यक्ष गड्सिलाले बोगटान फुड्सिल गाउँपालिका अझै विकट गाउँपालिकाको रूपमा रहेको बताए । हालसम्म पनि गाउँपालिकामा पक्की सडक नभएको तथा राष्ट्रिय प्रसारण लाइनको बिजुली पालिका भरि विस्तार नभइसकेकाले त्यसमा पालिकाले निरन्तर प्रयास गरिरहेको बताए ।

आगामी वर्ष गगुडामा करिब ८ किलोमिटर सडक कालोपत्रे हुने र थप सडक कालोपत्रेका लागि पहल गरिने उनले बताए । ठेकेदारले इमानदारिताका साथ काम गरेमा एक वर्षभित्र राष्ट्रिय लाइनको बिद्युत् विस्तार हुने अध्यक्ष गड्सिलाले बताए । उनले सार्वजनिक सुनुवाइमा आउने प्रश्न, सल्लाह र सुझावले आफूहरूलाई आगामी योजना बनाउन सहयोग पुग्ने बताए । कार्यक्रमको सहजीकरण मुलुक कम्युनिकेसनले गरेको थियो ।