खाेज्नुहाेस

कञ्चनपुरमा आगलागी हुँदा ४ लाखको क्षति 

Image
file photo
अत्तरिया – कञ्चनपुरमा आगलागी हुँदा ४ लाखको क्षति भएको छ । आइतबार राती भीमदत्त नगरपालिका – ६ ऐठपुरका किस्न अवस्थीको गाई गोठमा बिद्युतको तार सट भई आगलागी हुँदा ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।
attariya hospital
navjiwan hospital
दुई तले दुई कोठे ई टा र जस्ताले बनेको गाई गोठमा आगलागी हुँदा गाई गोठ भित्र रहेका खाद्यान्न, काठ लगायतका सामानहरू जलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।