खाेज्नुहाेस

छाउगोठमा सर्पले टोकेर कञ्चनपुरमा एक महिलाको मृत्यु 

Image
कञ्चनपुर – छाउगोठमा सर्पले टोकेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।  शुक्रबार राति कृष्णपुर नगरपालिका –१ निगालीमा छाउगोठमा  सुत्न गएकी  २८ वर्षीय कमला दमाईको मृत्यु भएको हो ।
attariya hospital
छाउगोठमा सुत्न गएका बेला सर्पले गालामा टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको उनका श्रीमान पुरन दमाईले बताएका छन् ।
navjiwan hospital
कमला दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् । परिवारको पक्की घर भए तापनि रुढीवादी परम्पराका कारण उनी छिमेकीको घरछेउमा बनाइएको छाउ गोठमा बस्न बाध्य भएकी थिइन् ।

Update : कमलाको ज्यान गएपछि कृष्णपुरका हाकिमले दिए छाउगोठ भत्काउन आदेश