खाेज्नुहाेस

शुक्रबारसम्म तातो हावा चल्ने

Image

काठमाडौं – तराईमा गर्मी बढेसँगै तातो हावा चल्न थालेको छ । तराईका केही जिल्लामा आज (बिहीबार) र शुक्रबारसम्म तातो हावा चल्ने मौसमविद्हरूको पूर्वानुमान छ ।

navjiwan hospital

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटन निकालेर तातो हावा चल्ने भएकोले सतर्क रहन सुझाव दिएको छ । लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा अत्यधिक गर्मी छ । ती जिल्लामा तातो हावा चल्ने मौसमविद्हरुले चेतावनी दिएका हुन् ।

attariya hospital

लुम्बिनीका साथै मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मी बढेको छ ।

पछिल्लो मापन अनुसार लुम्बिनीका केही जिल्लामा ४० डिग्री पुगेको छ । अरु प्रदेशका तराईका जिल्लामा पनि तापक्रम ३८ डिग्रीभन्दा धेरै पुगेको महाशाखाले जनाएको छ ।