खाेज्नुहाेस

गेटा आँखा अस्पताल बाजुराका प्रमुख पक्राउ

Image

धनगढी – लागू औषध सहित गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कु. निगम बानिया सहित २ जना पक्राउ परेका छन् ।

navjiwan hospital

शुक्रबार दिउँसो धनगढीको राजपुरमा उनले चलाएको लु.प.प्र. ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ८ ग्राम ८० मिलिग्राम लागू औषध खैरो हेरोईन बरामद गरिएको हो ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बानोयाले चलाएको मोटरसाइकलको पछाडी सवार जिल्ला बाजुरा त्रिबेणी नगरपालिका – ८ का २५ वर्षीय मेकेन्द्र गिरीले बोकेको झोलाबाट उक्त लागुऔषध बराबर गरिएको थियो ।

प्रहरीले मोटरसाइकल सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाही लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।