खाेज्नुहाेस

मोदी सँग पञ्चेश्वर, महाकाली सिचाइका विषयमा पनि कुरा भयो : प्रधानमन्त्री ओली

Image

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग पञ्चेश्वर, दोधारा चाँदनीमा महाकाली सिचाई गर्ने विषयमा पनि कुरा भएको बताएका छन् ।

थाइल्याण्डको औपचारिक भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई पक्षीय पारस्परिक हितका विषयमा कुरा भएको बताए ।

attariya hospital
navjiwan hospital

उनले नेपाल भारत सम्बन्धलाई अझ, व्यापक, विस्तृत, सुदृढ गर्ने अठोट गरिएको बताए ।

 प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौं बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्किएका हुन ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गरे ।