खाेज्नुहाेस

भारत जाने श्रमिकको तथ्यांक राख्न प्रदेश सचिबलाई मुख्यमन्त्रीको निर्देशन

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतमा रोजगारीका लागि जाने श्रमिकको सन्दर्भमा प्रदेश सरकार संबेदनशिल रहेको बताएका छ्न ।

नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशले आयोजना गरेको सुदूरपश्चिम सरकारसँग बीमा सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम बोल्दै मुख्यमन्त्री शाहले रोजगारीको शिलशिलामा भारत जाने श्रमिकलाई बीमा लाभमा समेट्नु पर्ने बताउदै यसतर्फ प्रदेश सरकार संबेदनशिल रहेको बताए ।

attariya hospital
navjiwan hospital

उनले रोजगारीका तेस्रो मुलुक जाने श्रमिक सँग सँगै रोजगारीका लागि भारत जाने श्रमिकहरुको श्रमिक बीमा गर्नुुपर्ने बताए । श्रमिकले बीमाबाट राम्रो लाभ लिनसक्ने र जनतामा राम्रो सन्देश जाने भएकाले प्रदेश सचिब र सचिबहरुलाई भारत जाने श्रमिकको तथ्यांक संकलन गरी प्रक्रिया अगाडी बढाउन निर्देशन दिए ।

उनले प्रदेश सरकारले सुदूरपश्चिमवासीको विपत बीमा गर्ने योजना लिएकोले नियमनकारी निकाय बीमा प्राधिकरण र बीमा गर्ने संघ संस्थाले चिन्ता र चासो लिएमा सहज हुने बताए ।

महिला स्वंयम सेविकाको बीमा सरकारले गर्नुका साथै महिला शिक्षिकाहरुको हकमा सरकारले प्रतिव्यक्ति २ हजार अनुदानमा दिदै आएको मुख्यमन्त्री शाहले जानकारी दिए । साथै उनले कृषि बीमाका लागि प्रदेश सरकारले विशेष योजना ल्याएर बढी भन्दाबढी किसानलाई सहभागी गराउने बताउदै बीमा गरिसकेपछि बीमाबाट पाउँने लाभ झन्झटिलो भएकोले प्रविधिको भरपुर प्रयोग गरि सहज वातावरण मिलाउन सुझाब दिए ।