खाेज्नुहाेस

बझाङ प्रहरीले भन्यो ‘रातो नम्बर प्लेट गाडीमा यात्रु बोके यातायात व्यवस्था कार्यालय पठाउँन्छौ’

Image
navjiwan hospital

अत्तरिया – जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले रातो नम्बर प्लेटका गाडीमा यात्रु बोके कडा कारबाही गरिने जनाएको छ । प्रहरीले बुधवार एक सूचना जारी गर्दै पटक पटक जरिवाना गरिदा पनि रातो नम्बर प्लेटका गाडीमा यात्रु बोल्ने कार्य नरोकिएकाले अब देखि नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने जनाएको हो ।

‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (८) को उपदफा (२) बमोजिम निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधन सार्वजनिक यातायात सेवाको लागि प्रयोग गर्न नपाइने प्रावधान रहेको ब्यहोरा अवगत नै छ’ कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक विनोद कुमार बिष्टद्धारा जारी सूचनामा भनिएको छ ‘जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष गरी भाडामा यात्रु बोक्ने रातो नम्बर प्लेट भएका निजी जिपहरूलाई बारम्बार कारबाही तथा जरिवाना गराउँदा पनि कतिपय जिपहरूले सार्वजनिक सवारी (कालो प्लेट) मा दर्ता गरी सकेको र कतिपयले अझै अटेर गरेको पाइएको हुँदा अब उप्रान्त नियमको अवज्ञा गर्ने त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई थप कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पठाइने ब्यहोरा सम्पूर्ण जिप व्यवसायी तथा चालकहरूमा जानकारी गराइन्छ ।’

attariya hospital