खाेज्नुहाेस

गृहमन्त्रीद्वारा डडेल्धुरामा भूकम्प पीडितलाई अनुदान हस्तान्तरणको थालनी

Image
डडेल्धुरा – गृहमन्त्री रमेश लेखकले भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण अभियानको थालनी गरेका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले डडेल्धुराको अमरगढी नगरपालिका–३ का भूकम्प पीडित प्रकाशराज उप्रेतीलाई अनुदान बाफतको पहिलो किस्ता ५० हजार हस्तान्तरण गरेर अभियानको थालनी गरेका हुन ।
attariya hospital
navjiwan hospital
अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरूको स्थायी अभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरे। उनले डोटी भूकम्प गएको डेढ बर्ष बितिसक्दा पनि पुनर्निर्माण र प्रबलीकरणमा ढिलाइ भएको बताउँदै आफूले बितेको सात महिनामा पुनर्निर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुनर्निर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिए ।
उनले शुक्रवार बझाङ, शनिवार अछाम र आइतबार जाजरकोटमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई उद्घाटन गरिने बताए ।
।