खाेज्नुहाेस

गोदावरीमा ठेकेदारले ३ वर्षमा पनि बनाएन १६५ मिटर नाली, न भयो कारबाही

Image

अत्तरिया – एक दुई महिनामै सकिनुपर्ने १६५ मिटर नाली निर्माणको काम कैलालीको गोदावरीमा ठेकेदारले ३ वर्ष देखि अलपत्र पारेको छ । वडा नम्बर १ विजयनगरमा ३ वर्ष अघि ठेकेदारले नाली निर्माणका लागि काम सुरु गरेको भए पनि नालीको लागि खाल्डो खनेर ठेकेदारले नालाको काम अलपत्र परेको हो । नाली निर्माणका लागि सुदूरपश्चिम सरकार मातहतको पूर्वाधार विकास कार्यालयले चन्द्र ग्रुप एन्ड सप्लायर्स सँग ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले नाली निर्माण गर्ने भन्दै खाल्डो खने पनि त्यसपछि फर्किएर नआएको स्थानीयले बताएका छन् ।

स्थानीय राम विकले नाली निर्माणका लागि ठेकेदारलाई पटक पटक आग्रह गरेको भए पनि बेवास्ता गरेको बताए । उनले पछिल्लो समय ठेकेदारले फोन समेत उठाउन छोडेको बताए । नाली निर्माणका लागि सम्बन्धित कार्यालयमा जाँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ । ‘पटक पटक पूर्वाधार विकास कार्यालयमा आग्रह गर्दा पनि सुनुवाइ भएको छैन’ उनले भने ‘न ठेकेदारले काम गर्छ । न सम्बन्धित कार्यालयले कारबाही गर्छ ।’ उनले सडक किनारामा नाला बनाउने भन्दै खाल्डो खनेर झन् दुःख दिने काम भएको बताए ।

attariya hospital
navjiwan hospital

स्थानीय अङ्गद विकले २०७९ साल देखि ठेकेदारले नाला निर्माणको काम अलपत्र पारेको बताए । ‘नाली निर्माणका लागि ठेकेदारले पनि अर्को ठेकेदार पठाएर काम गराउँन्छ’ उनले भने ‘त्यो ठेकेदारले पनि १–२ दिन काम गरेजस्तो गरेर भागिहाल्छ ।’ उनले लामो समय देखि नाली निर्माणको काम अलपत्र हुँदा स्थानीय सरकारले पनि बेवास्ता गरेको बताए ।

अत्तरिया देखि करिब १ किलोमिटर पूर्वमा रहेको उक्त टोल पूर्व पश्चिम राजमार्ग सँगै जोडिएको छ । टोलमा राजमार्ग सँग जोडिएको उत्तर पट्टिको क्षेत्र र दक्षिण पट्टिको क्षेत्रमा नाली निर्माण गरिएको भए पनि बिच भागमा नाली निर्माणको जिम्मा पाएको ठेकेदारले काम नगरिदिँदा बर्सातमा पानी निकासमा समेत समस्या हुने गरेको छ । नानी निर्माणका लागि खनिएको खाल्डोमा पानी भनिने भएकाले दुर्घटनाको जोखिम समेत बढेको स्थानीयले बताएका छन् ।

भौतिक पूर्वाधार कार्यालयका निमित्त प्रमुख रामचन्द्र खत्रीले भने ठेकेदारले लामो समय सम्म काम नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको बताए । ‘एक साता जति भयो होला हामीले ठेकेदारलाई पत्र पठाएका छौ । बैङ्क ग्यारेन्टी तान्ने प्रक्रिया अगाडी बढाएका छौ’ उनले भने ‘अझै काम गरेन भने ठेकेदारलाई कारबाही गर्छौ ।’ उनले कारबाही गरेर मात्रै समाधान नहुने भएकाले अझै पनि काम गर्छ कि भनेर कारबाहीको प्रक्रिया अगाडि बढाएको बताए ।