अत्तरिया – कैलालीको अत्तरियामा नेपाल मानवतावादी पार्टीको जिल्ला कार्यालय उद्घाटन गरिएको छ । शुक्रवार मानवतावादी पार्टीका प्रदेश इन्चार्ज बाजी कामीको प्रमुख अतिथ्यतामा पार्टीको कार्यालय उद्घाटन गरिएको हो ।


जिल्ला अध्यक्ष अङ्गद विकको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्दीय सदस्य करवीर कडारा, इश्वरा विक लगायतको सहभागिता रहेको थियो ।
गोदावरी नगरपालिका – २ शिव मन्दिर नजिक स्थापना गरिएको पार्टीको जिल्ला कार्यालयबाट यस क्षेत्रमा पार्टीका गतिविधि गर्न सहज हुने अध्यक्ष अङ्गद विकले बताए ।



















