खाेज्नुहाेस

बिष्टको परिकल्पनाले बृहत् बनेको त्यो मोटरसाइकल र्‍याली

Image

अत्तरिया – कैलालीको अत्तरिया देखी धनगढीसम्म मंगलबार वृहत् मोटरसाइकल र्‍याली आयोजना गरियो । सार्वभौमता, स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नका लागि भन्दै राष्ट्रवादी युवा समूहले राष्ट्रिय झण्डा सहितको वृहत् र्‍याली निकालेको थियो, जसको नेतृत्व युवा नेता बिराज बिष्टले गरेका थिए । कैलालीको गोदावरी नगरपालिका– ४ निवासी बिष्टले पछिल्लो केही समययता अन्तर्राष्ट्रिय स्तरमा देशको स्वाभिमान घट्दै आएको बेलामा राष्ट्रवादी योद्धाहरू जाग्न जरुरी रहेको सन्देश दिनलाई र्‍यालीको आयोजना गरिएको बताएका थिए । वृहत् र्‍यालीमा हजारौँको सङ्ख्यामा मोटरसाइकल र त्यस्तै मानिसहरूको भिड थियो । सो भिडको नेतृत्व गरी शान्त एवम् सहजतापूर्वक कार्यक्रम सम्पन्न गर्न सक्नु युवा नेतृत्वको लागि चुनौती नै थियो । तर सो चुनौतीलाई सहजै स्वीकार गरी बिष्टले सफलतापूर्वक र्‍याली सम्पन्न गरे ।

तर देश प्रेमी युवाहरूलाई एक ठाउँमा उभ्याएर मोटरसाइकल र्‍यालीको आयोजना गर्नु निकै चुनौतीपूर्ण रहेको बिष्ट बताउँछन् । अत्तरिया अनलाईन डट कमसँग बोल्दै उनले आफूले विशुद्ध रूपमा देशप्रतिको प्रेम भएकाहरूलाई र्‍यालीमा उतार्न खोजेको बताए । देशप्रतिको प्रेम भावकै कारण आफूले सोचेभन्दा पनि बढी मानिसको जमात र्‍यालीमा सहभागी भएको उनको भनाई छ ।

add everest academy
attariya hospital

‘भीड ठुलो थियो, मैले आफूले अनुमान गरे अनुसार करिब ३ हजार बढी मोटरसाइकल लगायतका सवारी साधनहरू थिए’ उनले भने ‘त्यसमा करिब ५/६ हजार भन्दा बढी मानिसहरूको जमातलाई ह्यान्डिल गर्नु साह्रै गाह्रो थियो, तर साथीभाइहरूको सहयोग, मेरा अग्रज अभिभावकहरूको सहयोगले सो कार्य कुनै बिघ्न बाधा बिनै सफल भयो ।’ उनले ¥यालीमा कुनै समस्या नआओस् भन्नका लागि करिब २० जनाको टिम बनाएको र सो को नेतृत्व पनि आफूले गरेको बताए । सो टिमले फरक फरक क्षेत्रमा बसेर आवश्यक सहकार्य र समन्वय गरिरहेको उनको भनाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता समेत रहेका उनी पार्टीको आन्दोलन अभियान भए पनि मोटरसाइकल र्‍यालीलाई पार्टीसँग नजोडेको बताउँछन् । ‘सुदूरपश्चिमबाट विगतका धेरै आन्दोलनहरू भएका हुनाले यहाँबाट आन्दोलनको सुरुवात गर्नुपर्छ भनेर हाम्रो पार्टीका महामन्त्री डा. धवल शमशेर राणाको अगुवाइमा नै मोटरसाइकल र्‍याली गर्ने योजना बनेको हो’ उनले भने ‘तर देशमा भइरहेका बेथिति, विसङ्गति तथा अन्तर्राष्ट्रिय स्तरमा भइरहेको बदनामीको विरुद्धमा पार्टीगत रूपमा मात्रै नजोडी समग्र देश प्रेमी जमातलाई एक ठाउँमा उभ्याएर आन्दोलन गर्नुपर्छ भन्ने मेरो सोचले यो र्‍यालीलाई यहाँ पु-याएको हो ।’

navjiwan hospital

attariya technical collage

उनले पार्टीप्रतिको वितृष्णाले पछिल्लो समय ठुलो जनमानस भेला गर्न समस्या भैरहेको अवस्थामा ¥यालीमा ठुलो जनमानस देखिदा आफू हर्षित भएको बताए । ‘अहिले पार्टीप्रति वितृष्णा बढ्दो छ, यस्तो र्‍यालीहरु पार्टीका नाममा गरेको भए यस्तो जनसहभागिता हुने थिएन होला’ उनी भन्छन् ‘पार्टीगत रूपमा नभएकाले नै देशप्रतिको प्रेम भाव भएका मानिसहरूको त्यति ठुलो जमात र्‍यालीमा सहभागी भयो ।’ मोटरसाइकल र्‍याली गर्ने योजना पार्टीकै आन्दोलन परिचालन समितिका तर्फबाट बनेको भए पनि पार्टीगत नभई राष्ट्रिय झण्डालाई अघि बढाएर र्‍याली गर्नुपर्छ भन्ने आफ्नो सोचले र्‍यालीलाई वृहत् बनाएको उनी बताउँछन् ।

‘राष्ट्रियता जोगाउने भन्दै राप्रपाले नै र्‍यालीको अगुवाइ गर्ने भन्ने योजना भएको थियो, त्यसमाथि पनि पार्टीको आन्दोलन परिचालन समितिको ढाँचामा यसलाई लैजानुपर्छ भन्ने प्लान बनेको हो’ उनले भने ‘तर मैले त्यसको विपरीत राष्ट्र प्रेमी जनमानसहरूको सहभागिता गराउनुपर्छ, यसलाई पार्टीगत बनाउनु हुँदैन भनेर फरक ढङ्गले -यालीको आयोजना गर्न खोजेको हुँ ।’ उनले र्‍यालीलाई पार्टीगत नबनोस् भनेर पनि आफूले ध्यान दिएको बताए । उनले अन्तरराष्ट्रिय स्तरमा देशको स्वाभिमान गुमिरहेको कुरा, हिन्दु राज्यको कुरा, प्रदेश संरचना खारेजीको कुरा लगायतलाई ध्यानमा राखेर र्‍यालीको आयोजना गरिएको बताए ।

सुदूरपश्चिममा हालसम्म पटक पटक सरकारका विभिन्न गलत गतिविधिहरूका विरुद्ध आन्दोलनहरू हुँदै आएका थिए । जसमा बढी जसो मोटरसाइकल -याली नै हुने गरेका छन् । तर प्रदेशमा हालसम्म भएका र्‍यालीहरु मध्ये मंगलबार भएको र्‍यालीलाई सम्भवतः हालसम्मकै सबैभन्दा वृहत् र्‍यालीका रूपमा आकलन गर्न थालिएको छ ।

राष्ट्रियताका सवालमा भएकाले नै र्‍याली वृहत् बनेको बिष्ट बताउँछन् । ‘मैले र्‍यालीको सूचना पनि सामाजिक सञ्जालमा हालेर मात्रै गरेको हुँ, जसमा मेरा साथी सर्कल, दाजुभाइहरूले पनि सहयोग गरे’ उनले भने ‘छोटो अवधिमै बनेको प्लानले पनि र्‍यालीलाई वृहत् बनाइदियो ।’ उनले -यालीमा कैलाली कञ्चनपुरका मानिसहरूको बढी सहभागिता रहेको बताए । जसमा गोदावरी नगरपालिकाका मात्रै करिब ४५ प्रतिशत भन्दा बढी मानिसहरू सहभागी रहेको उनी बताउँछन् ।