खाेज्नुहाेस

बैतडीका एक वडाध्यक्षले तिर्छन् वडावासीको विद्युत् महसुल

Image

बैतडी – बैतडीका एक वडाध्यक्षले वडावासीको विद्युत् महसुल तिर्दै आएका छन् । पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालु सिंह भाटले आफ्नो वडावासीको विद्युत् महसुल तिर्दै आएका हुन ।

navjiwan hospital

उनले विगत २ वर्ष देखि वडाका ३ सय वडावासीको विद्युत् महसुल तिर्दै आएका छन् । जसका लागि उनले आफ्नो मासिक पारिश्रमिक खर्च गर्दै आएका छन् ।

attariya hospital

उनले आफ्नो कार्यकालभर वडावासीको विद्युत् महसुल तिर्ने घोषणा गरेअनुरूप इमानदारिताका साथ जिम्मेवारी निर्वाह गरिरहेको बताए । हाल उनले २०७९ साउनदेखि २०८१ पुस मसान्तसम्मको विद्युत् महसुल तिरेको रसिद घर–घरमै पु¥याउने काम गरिरहेका छन् ।

वडावासीलाई जानकारी दिन र प्रत्यक्ष भेटघाट गर्नका लागि प्रत्येक टोलमा पुगेर रसिद हस्तान्तरण गरिरहेको उनले बताए ।