खाेज्नुहाेस

ठगी गर्दै हिँड्ने २ भारतीय नागरिकलाई खोज्दै बझाङ प्रहरी

Image

अत्तरिया – बझाङमा गाउँमा पसेर ठगी गर्दै हिँड्ने २ भारतीय नागरिकलाई खोजी गरिरहेको छ । प्रहरीले शनिवार एक सूचना जारी गर्दै भूत–प्रेत झार्ने, हेराइ दिने जस्ता बहानामा स्थानीयलाई ठगी गर्दै हिँडिरहेको २ भारतीय नागरिकको खोजी भइरहेको जनाएको हो ।

navjiwan hospital

प्रहरीले ती भारतीय नागरिकले गाउँमा सोझा साझा मानिसलाई जादु, टुना, हेराई दिने भनी ठगी गरी हिँडिरहेको सूचना प्राप्त भएको जनाएको छ ।

attariya hospital

प्रहरीले यस्ता घटनाबाट सतर्क रहन अपिल गर्दै यस्ता व्यक्ति देखे खबर गर्न आग्रह समेत गरेको छ । प्रहरीले उनीहरूको हुलिया सार्वजनिक गर्दै एक जना करिब ४० वर्षीय, कालो रङ्गको कपडा लगाएको र रातो झोला बोकेको र अर्का करिब ३० वर्षीय, गोरो वर्णका, पहेँलो लुगा लगाएका, रातो झोला बोकेको र गढवाली शैलीको टोपी लगाएको रहेको जनाएको छ ।

प्रहरीले यस्ता व्यक्ति देखेमा प्रहरीको हटलाइन नम्बर १००, ९८५८४२५२०६, ९८५८४९१८९९ खबर गर्न आग्रह गरेको छ ।