
बझाङ – बझाङको साइपाल गाउँपालिकामा स्थापना भएको एभरेस्ट बैंकले शाखाको उद्घाटन गरिएको छ । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको शाखाको उद्घाटन गरेका हुन । उनी बैंकको शाखाको उद्घाटन गर्न हेलिकोप्टरमा साइपाल पुगेका थिए ।
संघीय संरचना निमार्ण भएको ८ वर्षपछि गत असोजमा पहिलो पटक साइपालमा बैंकले शाखा स्थापना गरेको थियो । यसअघि देशभरमा साइपाल मात्रै बैंकीङ प्रणालीमा जोडिन बाकी रहेको थियो । साइपालमा बैंकको शाखा स्थापना भएको ४ महिनापछि उद्घाटन भएको छ ।



















