अत्तरिया – नेपाली कांग्रेस गोदावरी नगरकार्यसमिति सम्मानित भएको छ । नेपाली काङ्ग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनमा गोदावरी नगरकार्यसमितिलाई सम्मानित गरिएको हो ।

सम्मेलनबाट पार्टी गतिविधिमा उत्कृष्ट कार्य गरेको भन्दै कार्यसमितिलाई सम्मानित गरिएको गोदावरी नगरकार्यसमितिका सचिव योगेश भट्टले जानकारी दिए । उनले पार्टीको वडा सम्मेलनहरु सम्पन्न गर्न, पार्टीलाई चलायमान बनाउन तथा विभिन्न कार्यहरुमा पार्टीलाई अग्रसर गराउन सफल भएको भन्दै कार्यसमितिलाई सम्मानित गरिएको बताए ।

उनले जिल्लाका सबै पालिकाहरुमध्येबाट गोदावरी नगरकार्यसमिति उत्कृष्ट हुनु खुसीको कुरा भएको बताउदै सम्मानले आगामी दिनमा पार्टीका हितका लागि अझै बढी कार्य गर्ने हौसला मिलेको समेत बताए । जिल्ला सम्मेलनमा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नगरकार्यसमितिका सभापति विर बहादुर चोखाललाई सम्मानपत्र हस्तान्तरण गरेकी थिईन ।



















