खाेज्नुहाेस

कैलालीका २ पालिकाले ढिलो सुरु गर्दै एचपीभी खोप

Image

अत्तरिया– नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप यही माघ २२ गतेदेखी सञ्चालन गर्दैछ । माघ २२ गतेदेखी फागुन ६ गतेसम्म सरकारले अभियान नै सञ्चालन गरि एचपीभि खोप लगाउने बताएको छ ।
एचपीभि खोप लगाउनका लागि कैलालीका १३ वटै स्थानिय तहहरुले तयारी थालिसकेका छन । सबै पालिकाहरुमा स्वाथ्यकर्मी, स्वयमसेवक, शिक्षक÷शिक्षिका तथा महिला स्वयमसेविकाहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम भैरहेका छन । जिल्लाका ११ वटा पालिकाहरुले देशभर अभियान सुरु भएकै दिनदेखी पालिकाहरुमा पनि अभियान सञ्चालन गर्ने भएका छन । तर दुई पालिकाले पनि केही ढिला गरी अभियान सञ्चालन गर्ने बताएका छन । जिल्लाको मोहन्याल गाउँपालिका र जोशीपुर गाउँपालिकाले केही ढिला खोप अभियान सुरु गर्ने जनाएका छन ।

मोहन्याल गाउँपालिकाले अभियान सुरु भएको दिनभन्दा ५ दिन पछि पालिकामा खोप अभियान सञ्चालन गर्ने बताएको छ भने जोशीपुर गाउँपालिकाले २ दिनपछि अभियान सञ्चालन गर्ने जनाएको छ । दुवै पालिकाहरुले नियमित खोप कार्यक्रमका कारण एचपीभि खोप अभियानमा ढिलाई हुने बताएका छन । मोहन्याल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र शाहीले पालिकामा नियमित खोप कार्यक्रम सञ्चालन हुने भएकाले एचपीभि खोप अभियान केही दिन पछि देखी सुरु गरिने बताए ।

add everest academy
attariya hospital
navjiwan hospital

‘हामीले पालिकामा माघ २० गतेदेखी २४ गतेसम्म नियमित खोप कार्यक्रम सञ्चालन गर्दै आईरहेका छौ’ उनले भने ‘सो कार्यक्रमका कारण पालिकामा एचपीभि खोप अभियान केही दिन ढिला सुरु हुन लागेको हो ।’ शाहीले पालिकाले माघ २७ गतेदेखी फागुन २ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको बताए । उनले पालिकाले एचपीभि खोप अभियानलाई प्रभावकारी र व्यवस्थीत बनाउने सबै तयारीहरु गरिरहेको बताए । उनका अनुसार अहिले पालिकामा खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरु भैरहेका छन । उक्त कार्यक्रमहरु अबको २÷३ दिनभित्रै सम्पन्न गरिसक्ने उनले बताए । पालिकामा भ्याक्सिन किट, कार्ड, रजिष्टर लगायतका सामग्रीहरु आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए । उनले जिल्लाले खोप अभियानका लागि आवश्यक पर्ने अन्य सामग्रीहरु पठाईसकेको र केही सामग्रीहरु पालिकामै रहेको बताए ।

यस्तै जिल्लाको जोशीपुर गाउँपालिकाले पनि नियमित खोप कार्यक्रमकै कारण एचपीभि खोप अभियानलाई पछि सार्नुपरेको बताएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख निर्प राज डंगौराले माघ २१ गतेदेखी २३ गतेसम्म नियमित खोप कार्यक्रम भएका कारण एचपीभि खोप २४ गतेदेखी सुरु गरिने बताए । उनले पालिकामा बालबालिकाहरुलाई मासिक खोपहरु लगाउने समयमा एचपीभि खोप अभियान परेको बताए ।

‘हामीले पालिकामा सो समयमा नियमित खोप कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौ’ उनले भने ‘त्यही समयमा एचपीभि खोप अभियान पनि सञ्चालन गर्नुपर्ने देखियो, तर हामीले नियमित खोप कार्यक्रम छोड्न नमिल्ने भएका कारण अभियानलाई केही दिन ढिला गरी सुरु गर्दैछौ ।’ उनले पालिकाले खोप अभियानका लागि आवश्यक केही सामग्रीहरु पालिकामा आईसकेको बताए ।

attariya technical collage

उनका अनुसार जिल्लाले खोप कार्ड, रजिष्टर, अनुसुचि लगायतका सामग्रीहरु पालिकामा पठाईसकेको छ भने भ्याक्सिन किटहरु आउन बाँकी रहेको छ । गाउँपालिकाले माघ २८ गतेसम्म अभियान सञ्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख डगौराले बताए । उनका अनुसार पालिकाले २४ गतेदेखी २८ गतेसम्म ४ दिन खोप अभियान सञ्चालन गर्ने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार मोहन्यालमा जम्मा १ हजार २९७ किशोरीहरुलाई र जोशीपुर गाउँपालिकामा १ हजार ६७० किशोरीहरुलाई उक्त खोप लगाईदैछ ।