अत्तरिया – पशु स्वास्थ्य तथा सेवा व्यवसायी परिषद् निर्वाचनमा भूगोल तर्फ सुदूरपश्चिममा लाल बहादुर बोहरा उम्मेदवार बनेका छन् ।

माघ १८ गते हुने निर्वाचनका लागि बोहराले नेकपा एमाले र नेपाली कांग्रेस निकट गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार काजीबहादुर श्रेष्ठ नेतृत्वको प्यानलमा उनी भूगोल सदस्यका उम्मेदवार बनेका हुन ।

बोहरा नेल्टा नेपालका सुदूरपश्चिम प्रदेश संयोजक पनि हुन । सुदूरपश्चिम प्रदेशमा कुल १ हजार ६ सय ६७ जना मतदाता रहेका छन् ।
प्रदेश सदस्यमा उम्मेदवारी दिएका उनले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायलाई कानुनी मान्यताका लागि व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन आफ्नो उम्मेदवारी भएको बताएका छन् ।



















