खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशसभाबाट प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पारित

Image

धनगढी – सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । बिहिबार बसेको प्रदेशसभा बैठकले विधेयक पारित गरेको हो ।

navjiwan hospital

बैठकमा प्रदेशका समाजिक विकासमन्त्री मेघराज खड्काले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

attariya hospital

संशोधन गरिएको विधेयकमा प्रतिष्ठानको प्राज्ञसभाको सङ्ख्या साविकको भन्दा थप गरिएको छ । यसैगरी प्रतिष्ठानको कुलपति मुख्यमन्त्री र सहकुलपति सामाजिक विकासमन्त्री रहने साविकको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्राज्ञ व्यक्तिलाई कुलपति र उपकुलपति नियुक्त गनुपर्ने व्यवस्था गरिएको छ ।