खाेज्नुहाेस

सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदीलाई कारबाही गर्न एमाले कैलालीको सिफारिस

Image

अत्तरिया– सुदूरपश्चिम प्रदेशका पुर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कारबाही गर्न एमाले कैलालीले सिफारिस गरेको छ । पार्टीको हित विपरित काम गरेको भन्दै सुवेदीलाई कारबाही गर्न जिल्ला कमिटिले प्रदेश कमिटिलाई सिफारिस गरेको हो ।

navjiwan hospital

सुवेदी निवर्तमान प्रदेश कमिटिमा आवद्ध भएका कारण उनलाई कारबाही गर्न प्रदेश कमिटिलाई सिफारिस गरिएको बताईएको छ । शनिबार बसेको एमाले जिल्ला कमिटि सचिवालयको बैठकले सुवेदीका छोरा भीष्मराज सुवेदीलाई पनि कारबाही गरेको छ ।

attariya hospital

जिल्ला कमिटि सदस्य समेत रहेका भीष्मलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको एमालेका एक जना नेताले बताए । एमालेबाट निस्कासित डा. भीम रावलको पक्षमा खुलेको भन्दै पुर्वमन्त्रीलाई कारबाहीका लागि सिफारिस गरिएको र उनका छोरालाई कारबाही गरिएको ति नेताले बताए ।