अत्तरिया– नेकपा एमाले कैलाली क्षेत्र नं. ४ को संयोजकमा गणेश जिमि साउँद मनोनित भएका छन । एमालेको कैलाली जिल्ला कमिटीको तेस्रो सचिवालय बैठकले साउँदलाई निर्वाचन क्षेत्र नं. ४ को संयोजक पदमा मनोनित गरेको हो ।
कैलालीको निर्वाचन क्षेत्र नं. ४ लाई महत्वपुर्ण निर्वाचन क्षेत्रका रुपमा हेर्ने गरिएको छ । सो क्षेत्रमा आफूलाई पार्टीले दिएको जिम्मेवारीलाई कुसलतापुर्वक निर्वाह गर्ने साउँदले बताए । उनले पार्टीको जिम्मेवारीलाई शिरोधार्य गरेर क्षेत्र नं. ४ मा एमालेलाई सक्रिय बनाउनुका साथै पार्टीलाई मजबुत र बलियो बनाउने तिर आफूले ध्यान दिने समेत बताए ।


साउँद एमालेका जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका छन । पार्टीमा राम्रो छवि बनाएका साउँदले एमालेलाई क्षेत्र नं. ४ मा अग्रपंतीमा उभ्याउने आफ्नो लक्ष्य रहेको समेत बताए । साउँद विगत लामो समयदेखी स्वास्थ्य तथा सामाजिक क्षेत्रमा कार्य गर्दै आएका छन ।
यसैगरी बैठकले पार्टीको क्षेत्र नं. ४ कै उप संयोजकमा टेक बहादुर शाहलाई र सचिवमा खेमानन्द पौडेललाई मनोनित गरेको छ ।
जिल्ला कमिटीमा ४ जना मनोनित
यसैबिच एमालेको कैलाली जिल्ला कमिटीमा ४ जना सदस्य मनोनित गरिएको छ । बैठकले जिल्ला कमिटीको सदस्यमा शर्मानन्द भट्ट, भोज जैगडी, रविन्द्र रोकामगर र नवराज आचार्यलाई मनोनित गरेको हो । शनिबार मनोनित गरिएका ४ जना पदाधिकारीहरु गोदावरी नगरपालिकाका स्थानिय हुन ।



















