अत्तरिया– कैलालीको गोदावरी नगरपालिका – ६ लालपुरमा रहको जय माँ दुर्गा ग्रामीण विद्युत् सहकारीको वार्षिकोत्सव सम्पन्न भएको छ । शनिवार एक औपचारिक कार्यक्रमका बिच संस्थाको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष रवीन्द्र थापाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम सरकारी पूर्व राज्यमन्त्री चुन कुमारी चौधरी रहेकी थिइन् । कार्यक्रममा बोल्दै उनले सहकारीले ग्रामीण क्षेत्रमा विद्युत् सेवा प्रभाव गर्नमा महतपूर्ण भूमिका खेलेको बताइन् । उनले सहकारीले पारदर्शी हिसाबले काम गरिरहेको बताउँदै यसको सिको अरू सहकारीले पनि गर्न सक्ने बताइन ।

वार्षीक साधारण सभामा संस्थाको वर्षीय एवम् आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सहकारीका उपाध्यक्ष पुष्कर सिंहले ४८३ सेयर सदस्य/उपभोक्ता रहेको सहकारीले हाल वडाको कोलीकटान, गौर नदी, अछामी टोल क्षेत्रमा सेवा दिँदै आएको छ । उनले आफूहरूको सहकारीले पारदर्शी हिसाबले काम गरेको बताउँदै हरेक महिना आफ्नो फेसबुक पेज मार्फत आयव्यय विवरण सार्वजनिक गर्ने गरेको बताए ।
‘अहिले सहकारीहरूमा विभिन्न समस्या आइरहेको बेला हामीहरूले कारोबार पारदर्शी बनाउनको लागि प्रत्येक महिना आयव्यय विवरण सार्वजनिक गर्ने गरेका छौ’ उनले भने ‘यो सहकारी क्षेत्रमा नयाँ अभ्यास हो ।’ उनले सहकारीलाई आगामी दिनमा ऋण तथा बचतमा लग्ने तयारी गरिएको बताए ।
















