अत्तरिया– कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको प्रगती बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको १३औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष करुणाकर पाण्डेयको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडासदस्य डबल बहादुर साउँद रहेका थिए भने विशिष्ठ अतिथिमा दुर्गालक्ष्मी महिला सामुदायिक बन उपभोक्ता समितिकी अध्यक्ष शिवा कडायत रहेकी थिईन ।

कार्यक्रममा संस्थाको वार्षिक एवम् आर्थिक प्रतिवेदन अध्यक्ष पाण्डेयले प्रस्तुत गरेका थिए । २०६८ सालमा ३५ जनाबाट सहकारी सुरु भएको थियो । स्थापनाताका ४ लाख ९५ हजार शेयरपुँजी रहेको उक्त सहकारीमा आर्थिक वर्ष २०८०÷०८१ को असारमसान्त सम्म३६ लाख १ हजार २०० रुपैया रहेको छ । संस्थामा उक्त अवधीमा ३९२ जना शेयरसदस्य रहेका छन । सो अवधीसम्म संस्थाले १ करोड ३७ लाख ८३ हजार १९५ रुपैयाको कारोबार गरेको छ ।
संस्थाले उक्त आर्थिक वर्षमा कर्जा नोक्सानीको व्यवस्थाका लागि १० लाख ७५ हजार ७० रुपैया छुट्याएको छ । जसले भविष्यमा संस्था सञ्चालनमा सहजता ल्याउने समितिले विस्वास लिएको छ । संस्थाको साधारण सभामा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । संस्थाले साधारण सभामा विभिन्न विधामा रहेर पुरस्कार एवम् सम्मान समेत वितरण गरेको थियो । संस्थाका पुर्व अध्यक्ष कमल कडायतले कार्यक्रमको सञ्चालन गरेका थिए ।
















