खाेज्नुहाेस

बालगायक सचिन परियारको निधन

Image

काठमाडौं— भाइरल बालगायक सचिन परियारको बिहीबार बिहान निधन भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजे उनको निधन भएको हो। सचिनका बुवा तेजेन्द्र परियारले यस दुःखद खबर पुष्टि गरेका छन्।

navjiwan hospital

सचिनको स्वास्थ्य अवस्था बिग्रिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो। उनको परिवारले केही समयअघि उपचारका लागि आर्थिक सहयोगको अपिलसमेत गरेको थियो।

attariya hospital

सामाजिक सञ्जालमा लोकप्रिय सचिन बाल्यकालमै गाएका गीतहरूका कारण भाइरल भएका थिए। उनले गाएका चर्चित गीतहरूमध्ये ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, र ‘बरको छाँयाले’ विशेष रूपमा लोकप्रिय छन्।

सचिनले अभिनयमा पनि आफ्नो उपस्थिति जनाएका थिए। उनले महानायक राजेश हमालसँग म्युजिक भिडियोमा अभिनय गर्नुका साथै हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’मा समेत अभिनय गरेका थिए।