अत्तरिया – कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन ।

गोदावरी नगरपालिका–३ मा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको ७८४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २३ वर्षीय प्रशान्त चौधरी र २३ वर्षकै सुनिल चौधरी घाइते भएका हुन ।

घाइते दुवैको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



















