खाेज्नुहाेस

वडाध्यक्ष लामाको निधन, पालिकामा शोक बिदा

Image

काभ्रे- काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । क्यान्सर रोगको उपचार गर्दै आएका उनको आइतबार उपचारकै क्रममा निधन भएको हो ।

navjiwan hospital

उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जारी गरेको शोक विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइको उल्लेख छ ।

attariya hospital

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका लामा २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष थिए ।