खाेज्नुहाेस

रहर बोकेको सहर

Image

मुलुकवासीका लागि राजधानी सपनाको सहर पनि हो । धेरैले धेरै सपना बोकेर सहर पस्छन् । कतिका सपना पूरा होलान्, कति सहरमै हराउलान् ।

रहर बोकेर सहर दौडने मानिसको भिडमा एक यात्री म र अनि मेरा सपनाहरू पनि छन् । आकाशै छुने गरी बनेका ठुला गगन चुम्ने भवन तर फिक्का छ यो अनौठो सहर मेरो न्यानो गाउँभन्दा। धेरै भिन्न छ, धेरै अनौठो छ, धेरै व्यस्त छ। यो अनौठो सहरमा म अपरिचित छु, लाग्छ यो सहर अनि मेरा सपना उस्तै–उस्तै छन्, छनको लागि सबै छन् तर आफ्नो भन्नलाई कोही छैनन्।

attariya hospital

काठमाडौँ, ‘राजाको सहर’, अनि त्यहीँ राजाको छिमेकी बन्न घर छोडेको म। तातो रगत शरीर बोकी ठुला सपना बोकेर काठमाडौँ छिरेको पनि आज धेरै भइसकेछ। केही गरेर फर्कन्छु भनी घरबाट रातो अक्षता टाँसेर टाढिदिएको थिएँ। मनमा अनौठो कुरा खेलेका थिए। आखिर कस्तो होला त ‘राजाको सहर’। केही सपना केही रहर अनि केही बाध्यता लिएर हिँडेको थिएँ। अझ भन्नु पर्दा राम्रो शिक्षाका लागि हिँडेको थिएँ।

मनमा छुट्टै उत्साह थियो। उमङ्ग थियो। जोस थियो। मनमा कल्पना गरेको त्यो सहर आखिर कस्तो होला ? प्रश्न धेरै थिए।

नेपालैभरिका मान्छे बस्ने ठाउँ जहाँ धेरैसँग भेट हुन्छ, चिनजान हुन्छ। त्यहीँ गएर नेता भइन्छ, कलाकार, ठुलो मान्छे भइन्छ भन्ने सपनाको सागरमा म डुबेको थिएँ। अनेकौँ सपना बुन्दै थियो मन। काठमाडौँ गएर पढे राम्रो हुन्छ। काठमाडौँ भनेको सपनाको सहर हो। अवसरका ढोका प्रशस्त हुन्छन्।

navjiwan hospital

घरमा अभिभावकको रूपमा दाइ हुनुहुन्छ, अनि सानो कृषिमा पनि सञ्चालन गर्नुभएको छ। त्यही कृषि फर्ममा कहिलेकाहीँ समय मिल्दा काकासँग सहयोग गर्ने गर्थे। अब काठमाडौँ जाने मनसाय भएपछि दाई सँग काठमाडौँ जान्छु भनेर सोध्ने निर्णय गरे। तर दाइलाई कुनै कुरा भन्नुभन्दा पहिला भाउजूसँग भन्ने गर्थे। मैले भाउजूसँग भने भाउजू म त काठमाडौँ जान्छु भनेर । भाउजूले पनि जाने मन भए जानु नि त बाबु भनेर भन्नुभयो।

अनि मनमा उमङ्ग र उत्साह आयो केही दिनपछि दाई सँग पनि सोधे ? दाइ म काठमाडौँ जान्छु भनेर दाइले पनि हुन्छ जाने भए जा भनेर भन्नुभयो। त्यसपछि त काठमाडौँ जाने लगभग फिक्स नै भइसक्यो । त्यसपछि त जेठ १८ गते शुक्रबारको दिन काठमाडौँ जान तयार भए जुन ठाउँमा मेरो कृषि फर्म थियो त्यही ठाउँमा आमाबुबा र काका बस्नुहुन्थ्यो।

सबैसँग बिदाइ मागेर म त्यो ठाउँबाट हिँडे। साँझ ४ बजेको बसको टिकट काटेको थिए। दाइ भाउजूले बजारमा सानो व्यापार गर्नुहुन्छ । दाइ भाउजूसँग पनि बिदाइ मागेर खप्तड डिलक्स बसको सिट नं ४ बसेर मेरो काठमाडौँको यात्रा सुरु भयो। लगभग १६ घण्टाको यात्रापछि म काठमाडौँ सहर छिरे ।

अनि मेरो सहरको बसाइँ सुरु भयो, निकै भिन्न थियो सहर। मेरो कल्पनाको सहरभन्दा निकै ठुला अग्ला भवन अनि व्यस्त मानिसको भिड। अनि थाहा भयो सहर र रहर उस्तै रहेछन् पैसा भए मात्र रमाइलो हुने। निकै कठिन भयो सहरलाई बुझ्नको लागि।

यही ठाउँमा म पनि सङ्घर्ष गरिरहेको छु जीवनलाई नयाँ मोडमा पुर्‍याउन मेरा पाइला निरन्तर गतिशील रहनेछ।

सुनौलो त्यो भविष्यलाई खोजीमा यो वर्तमान अवस्थामा यही काठमाडौँमा सङ्घर्षरत जीवन बिताइरहेको छु। निकै सङ्घर्ष गरेर लडाइँ खेल्दै छु ‘राजाको सहर’मा पराजित को हुने हो थाहा छैन, समय र बाध्यतामा कसले आफ्नो ‘राजगद्दी’ बचाउन सक्ने हो थाहा छैन।