खाेज्नुहाेस

जुवासँग जोडिएको दसैँतिहार !

Image

अत्तरिया– सुदूरपश्चिममा दसैँतिहार सुरु भएसँगै जुवातास खेल्नेहरु धमाधम पक्राउ पर्न थाले । अरु समयमा कहिलेकसो मात्रै जुवाडेहरु पक्राउ पर्ने भएकामा दसैँतिहारका बेला भने दिनहुँजसो नै समातिन थाले । घर, पसल, चौर तथा होटेलहरुबाट प्रहरीले धमाधम जुवाडे पक्राउ गर्यो । प्रहरीले दसैँतिहारको अवधिमा मात्रै उल्लेख्य संख्यामा जुवाडे पक्राउ गरेको छ । सुदूरपश्चिचम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार असोज १ गतेदेखि कात्तिक २० गतेसम्म २९ लाख सात हजार २५४ नगदसहित जुवातास खेल्ने ३९७ जनालाई पक्राउ गरिएको छ ।

जसअनुसार सबैभन्दा बढी जुवाडे कैलालीबाट पक्राउ परेका छन् । कैलालीमा १८४ जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट ११ लाख ९ हजार रूपैयाँ नगद बरामद गरिएको छ । कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले मात्रै सो अवधिमा ५८ जना जुवाडे पक्राउ गरिसकेको छ । बढीजसो अनैतिक क्रियाकलापमा संलग्नहरु पक्राउ पर्ने गरेको अत्तरिया क्षेत्रमा पनि दसैँतिहारका बेला धमाधम जुवाडे पक्राउ परे । इप्रका मालाखेतीले गौरीगंगा नगरपालिका क्षेत्र र गोदावरी क्षेत्रबाट ५८ जना जुवाडे पक्राउ गरी उनीहरुबाट तीन लाख तीन हजार दुई सय ७३ नगद बरामद गरेको जनाएको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

त्यसैगरी, कञ्चनपुरबाट ११ लाख ९० हजारसहित १५९ जना, चार लाख ४१ हजारसहित डडेल्धुराबाट २८ जना, अछामबाट ८६ हजारसहित ९ जना, बझाङबाट ६६ हजारसहित ५ जना र डोटीबाट १२ हजारसहित १२ जनालाई पक्राउ गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले चाडपर्व लक्षित गर्दै सो संख्यामा जुवातास खेलिरहेकाहरु पक्राउ गरी कारबाही गरिएको बताए ।

उनले अरुबेला भन्दा चाडपर्वमा जुवातास खेल्नुलाई परम्परा जस्तै नै ठान्ने एउटा नराम्रो प्रवृत्ति नै भएका कारण पनि यो समयमा बढीजसो जुवातास खेल्नेहरु समातिने गरेका बताए । ‘यसको एउटा सामाजिक विश्लेषणको पाटो हुन सक्ला तर, परम्परागत रुपमा दसैँतिहारहरुमा जुवातास बढ्ने गरेको पाइँदै आएको छ,’ उनी भन्छन्, ‘यही बेलामा मान्छेले दु:खसुख गरेर पैसा पनि जुटाउने, अलिकति माहोल पनि उल्लासमय हुने अनि मोबाइल गेमिङ्ग लगायत अन्य माध्यमबाट पनि जुवा खेल्ने गरिरहेकाहरुले परम्पराको आडमा सँस्कृतिको आडमा चाडबाडका बेला झनै जुवा खेल्ने हुँदा दसैँतिहारमा बढी जुवाडे समातिएका हुन सक्छन् ।’

चाडबाडका बेला धेरै जना जम्मा हुने अनि रमाइलोका नाममा जुवा खेलिहाल्ने प्रवृत्ति समाजमा छ । यस्ता प्रवृत्ति निरुत्साहित गर्नका लागि चाडपर्वलाई लक्षित गर्दै प्रहरी खटिने गरेको उनी बताउँछन् ।

attariya technical collage