खाेज्नुहाेस

कैलालीमा पासोमा परेर मर्‍यो चितुवा

Image
file photo

कैलाली- कैलालीमा पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको छ । जिल्लाको जानकी गाउँपालिका-६ मा रहेको कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परी उद्धार गरिएको चितुवा मरेको हो ।

navjiwan hospital

सब डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितका अनुसार अन्य कुनै ठाउँमा पासोमा परेको चितुवा त्यहाँबाट उम्किएर काठको लामो किलासहित भागी झाडीमा अल्झिएको अवस्थामा भेटिएको थियो ।

attariya hospital

उक्त वयस्क भाले चितुवालाई बुधबार बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरी थप उपचार र पुनःस्थापनाका लागि डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएकोमा केही समयपछि मरेको पण्डितले बताए ।