
काठमाडौँ- गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ ।



















