
काठमाडौँ- आज दसैँ बिदापछि कारोबार भएको पहिलो दिन सुनको मूल्य एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
दसैँ बिदाअघि असोज २३ गते बुधबार सुनको मूल्य तोलामा एक लाख ५९ हजार एक सय रुपैयाँ रहेको थियो । चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

















