खाेज्नुहाेस

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न 

Image
भजनी – कैलाली भजनी साहित्य समाजको आयोजनामा भएको प्रथम बृहत् साहित्यिक सांस्कृतिक कार्यक्रम तथा लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ।
attariya hospital
प्रतियोगिताको एक भव्य समारोहका बिच प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले उद्घाटन गरेका थिए ।
navjiwan hospital
सो अवसरमा बोल्दै उपकुलपति जोशीले मौलिक संस्कृतिको रक्षाका लागि सबैले लाग्नुपर्ने बताए। कैलाली जिल्लाको  भजनी क्षेत्रमा पहिलो पल्ट आयोजना गरिएको भव्य सांस्कृतिक समारोहको सफलताको शुभकामना दिँदै उपकुलपति जोशीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान प्रदेश भित्रको कला साहित्य संस्कृतिको सम्बर्द्धन तथा विकासमा योजनाबद्ध रूपमा अगाडि बढेको बताए।
 भजनी साहित्य समाजका अध्यक्ष टिकाराम जोशीको अध्यक्षतामा सम्पन्न समारोहमा भजनी नगरपालिकाकी उपमेयर राजु तिरुवा, सामाजिक अभियन्ता संरक्षण प्रेमी विजयराज श्रेष्ठ, कैलाली जनपुस्तकालयका सचिव टंक जोशी, साहित्यकार गंगाराम कडेल, सार्वजनिक पुस्तकालय संघका केन्द्रीय उपाध्यक्ष ज्ञानराज बिनाडी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
 कार्यक्रममा लोक संस्कृति झल्किने विविध मौलिक नृत्य तथा कला संस्कृति प्रस्तुत गरिएको थियो। कार्यक्रम पछि प्रमुख अतिथि उपकुलपति डा। जोशीले बुधवार भजनी स्थित जनता सार्वजनिक पुस्तकालयको अवलोकन गर्नुका साथै स्थानीय स्रष्टाहरूसँग भेटघाट गरेका थिए।