खाेज्नुहाेस

गौरीगंगाबाट ८ जुवाडे पक्राउ

Image

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिकाबाट ८ जुवाडे पक्राउ परेका छन । बुधबार गौरीगंगा नगरपालिका – १ चौमाला बजार स्थित न्यु साउद होटलबाट ८ जुवाडे पक्राउ परेका हुन ।

navjiwan hospital

गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चौमालाबाट खटीएको प्रहरी टोलीले टेक बहादुर बुढा, पदम बहादुर चन्द, राम बहादुर बुढा, चक्र भुल, टंक साउद, बड्डो भुल, बल बहादुर बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुको साथबाट ८१ हजार ९४१ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।