
काठमाडौँ- केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आज तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलाको एक लाख ६० हजार सात सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्यमा भने घटबढ भएको छैन । चाँदीको मूल्य हिजोजस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



















