
काठमाडौँ- सुनको मूल्य केही दिनदेखि निरन्तर बढिरहेको छ । हिजो तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ रहेको सुनको मूल्य आज फेरि तीन सय रुपैयाँले बढेर एक लाख ६० हजार सात सय रुपैयाँ पुगेको हो ।
चाँदीको मूल्य भने हिजो जस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



















