
काठमाडौँ- सुनको मूल्य आज ८ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ५६ हजार चार सय रहेको सुनको मूल्य आज एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको तीन दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ । आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



















