खाेज्नुहाेस

डोटीमा कोठाभित्र मृत फेटिएका वृद्धको हत्या आरोपमा युवक पक्राउ

Image
तस्बिर : प्रकाश बम

धनगढी – डोटीको कोठामै मृत भेटिएका वृद्धको हत्या अरोपमा एक युवक पक्राउ परेका छन । दीपायल सिलगढी नगरपालिका–६, सिलगढीका ७५ वर्षीय कालुसिंह विष्टको हत्या आरोपमा प्रहरीले दीपायल सिलगढी–६ सिलगढी बस्ने २२ वर्षीय सरोबर श्रेष्ठलाई पक्राउ गरेको हो ।

navjiwan hospital

परिवारका सदस्यहरूले बिहीबार विष्ट हराएको भन्दै प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्दा वृद्धको शव विहिबार घरकै कोठा भित्रै हत्या गरेर बाहिरबाट ढोकामा ताल्चा लगाइएको अवस्थामा फेला पारेको थियो ।

attariya hospital

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका श्रेष्ठले हत्या आरोप स्वीकारेको प्रहरीले जनाएको छ ।