खाेज्नुहाेस

डोटीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

Image

डोटी – सर्पको टोकाईबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका– १ की २८ वर्षिया निर्मला खड्काको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

navjiwan hospital

शनिवार दिउसो खेतबारीमा काम गरिरहेका बेला सर्पले निर्मलाको खुट्टामा डसेको थियो ।

attariya hospital

घटनापछि उनलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । निर्मलाको शव जिल्ला अस्पताल डोटीमा राखिएको छ ।