
काठमाडौँ- आज सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । हिजो अहिलेसम्मकै उच्च भएको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ घटेर तोलाको एक हजार सात सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



















