खाेज्नुहाेस

डोटीमा गोली लागेर एक जनाको मृत्यु, २ जना पक्राउ

Image

डोटी – डोटीमा भरुवा बन्दुकको गोली लागेर एका जनाको मृत्यु भएको छ । पुर्वीचौकी गाउँपालिका–६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको शुक्रवार बिहान सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको हो ।

navjiwan hospital

घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको गोली लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिए।

attariya hospital

यसैबिच प्रहरीले भरुवा बन्दुकसहित २ जना सिकारी पक्राउ गरेको छ। दिपायल सिलगढी नगरपालिका–८ डाँडागाउँका ३३ वर्षीय रामबहादुर साउद र सोही ठाउँका ४२ वर्षीय दिल्ली साउदलाई पक्राउ गरेको हो ।

दुबै जनालाई भरुवा बन्दुकसहित गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनीहरु दुवै जना थापा मृत्यु प्रकरणमा संलग्न रहेको प्रहरीले जनाएको छ ।