खाेज्नुहाेस

कविता : सफलताका सुत्र

Image

सफल र समृद्द बन्न खोज्छौं हामी जहिल्यै,
सफल बन्ने सुत्र भने ख्याल गरेनौं कहिल्यै।
भौतारिन्छौं सफल बन्न यत्रतत्र डुली,
सोचविचार आनीबानी जीवन शैली भूली ।

अरुसंग आफ्नो व्यवहार संगत र सम्बन्ध,
सुधार गर्न नसकेर आउँछ परिबन्ध ।
लगनशिलता आत्मविश्वास परिश्रमी बानी,
धीरता र दृढता नै सफलताका खानी ।

attariya hospital

म जीवनमा केही गर्छु उत्साह बोकेर,
विचलित नभइ लाग्नु निश्चय ठोकेर।
इच्छाशक्ति संकल्पको सहारा बोकेर,
हिंड्नुपर्छ निर्णय र निश्चय घोकेर ।

navjiwan hospital

सफल बन्न पर्खि बस्ने धैर्यता चाहिन्छ,
लक्ष्य केन्द्रित भएर नै सफलता पाइन्छ ।
अन्य सबै सबै कर्म छोडी लक्ष्य केन्द्रित भइ,
आफ्नो सबै उर्जा लगाउँ सफल बन्नालाई ।

लक्ष्य केन्द्रित मार्गतिर विध्नवाधा आउँदा,
सो को संगत त्यागी दिउँ झट्टै थाहा पाउँदा ।
परिस्थिति विपरितका कर्महरु त्यागी,
कुसंगत त्याग्नु पर्छ सफल बन्न लागि ।

सत्संग गर्ने पुस्तक अनि लेख रचना पढ्ने,
कुसंगतलाई त्यागी दिने खराव बानी छोड्ने ।
उत्प्रेरणा संकल्प र धैर्यता बोकी,
लक्ष्य केन्द्रित नभएर सफल भइन्न हो कीरु

महापुरुष महात्माका असल गुण लिउ,
कुसंगतलाई त्यागी बसौं कुशल जीवन जिउ।
विध्नबाधा अड्चनको सामना गरेर,
सफल बन्ने जीवित रहन्छ जाँदा नी मरेर।।

मिनबहादुर रोकाया – मावि शिक्षक
श्री घण्टेश्वर माध्यमिक विद्यालय जोरायल ४ कुँडिकोट डोटी