खाेज्नुहाेस

डोटीमा पृतनापति ट्रफी खेलकुद प्रतियोगिता हुँदै

Image

डोटी- डोटीमा पृतनापति ट्रफी खेलकुद प्रतियोगिता भइरहेको छ । सुदूरपश्चिम पृतना हेडक्वाटरको आयोजनामा आइतबारबाट प्रतियोगिता सुरु भएको हो ।

navjiwan hospital

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, स्विमिङ, तेक्वान्दो, एथ्लेटिक्सका खेलहरू भइरहेका छन् । सुदूरपश्चिम पृतनाअन्तर्गतका पाँच गण र पाँच गुल्मका ९३ महिला र ४०८ पुरुष गरी ५०१ जना खेलाडी प्रतियोगितामा सहभागी छन् ।

attariya hospital

प्रतियोगिताको उद्घाटनका क्रममा उपरथी पृतनापति गणेश कुमार श्रेष्ठले केन्द्रीय स्तरमा सञ्चालन हुने प्रधानसेनापति ट्रफीको पूर्व तयारी तथा छनौट चरणका रूपमा प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगिता साउन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।