खाेज्नुहाेस

गुजरातमा चण्डीपुरा भाइरसबाट चार बालबालिकाको मृत्यु

Image

नयाँदिल्ली –  भारतको गुजरात राज्यमा चण्डिपुरा भाईरसको संक्रमणका कारण कम्तीमा चार बालबालिकाको मृत्यु भएको र अन्य दुई जनाको उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।

navjiwan hospital

गुजरातको राजधानी सहर गान्धीनगरबाट ६३ किलोमिटर उत्तरपूर्वमा रहेको साबरकण्ठा जिल्लाको हिम्मत नगर सिभिल अस्पतालमा ती बालबालिकाको मृत्यु भएको जानकारी दिइएको छ ।

attariya hospital

प्रमुख जिल्ला स्वास्थ्य अधिकारी साबरकण्ठ राज सुतारियाका अनुसार यी सबै बालबालिकाको रगतको नमूना पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पुष्टिका लागि पठाइएको छ । स्वास्थ्य अधिकारीहरूले भने, ‘चण्डिपुरा भाइरसले ज्वरो निम्त्याउँछ । यो लामखुट्टे, टिक्स र स्यान्डफ्लाइजबाट सर्छ ।’