अत्तरिया – कैलालीको अत्तरियामा कुकुर जस्तो देखिने पशु काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार कुकुर काटेको आरोपमा गोदावरी नगरपालिका–२ बस्ने ६४ वर्षीय सुरेश दमाई पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीले उनलाई घरबाटै पक्राउ गरेको जनाएको छ ।

काटेर पोलेको अवस्थामा कुकुर जस्तो देखिने पशुलाई समेत बरामद गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराले बताए । उक्त पशु कुकुर हो वा स्याल वा अन्य भनेर नछुट्टिएको उनले बताए ।
उनले उक्त बरामद मासुलाई परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाइने बताए ।















