सुदूरपश्चिमको राजधानी व्यवस्थीत हुन नसक्नु दुर्भाग्यपुर्ण : प्रदेश प्रमुख मियाँ

डोटी – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले प्रदेशको घोषणा भएको लामो समयसम्म पनि प्रदेश राजधानी व्यवस्थीत हुन नसक्नु दुर्भाग्यपुर्ण कुरा भएको बताएका छन ।

maya metro hospital

नेपाल पत्रकार महासङ्घ डोटी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले प्रदेश सभाले निर्णय गरेको लामो समयसम्म पनि राजधानी निर्माण र व्यवस्थापनमा ध्यान नदिईनु उचित नभएको बताए ।

प्रदेश सांसदले गरेको निर्णयमा आफ्नो कुनै टिप्पणी नरहेको भन्दै उनले भने, ‘राजधानी तोकिएको ठाउँमा कुनै संरचना नबनेको र सो विषयमा न्यायालयमा समेत रिट परेको हुँदा सभाले निर्णय गरी दिपायल वा अन्य उपयुक्त ठाउँमा सार्न सकिने हुनसक्छ ।’ उनले दिपायललाई सदरमुकाम बनाउने भन्दै उच्च अदालत यहाँ राखिएको समेत जिकिर गरे ।

attariya hospital

उनले प्रदेश सरकारका दलहरु सरकार टिकाउने र ढलाउनेतफ मात्रै केन्द्रित हुँदा पनि समस्या भएको बताए । उनले जसका कारण प्रदेशका सन्तोषजनक कुनै काम हुन नसकेको बताए । उनले एउटा पक्ष जसरी पनि सत्ता टिकाइरहन र अर्को पक्ष जसरी पनि ढलाउन खोजिरहेका कारण प्रदेशमा खोजेजस्तो विकास हुन नसकेको बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.