खाेज्नुहाेस

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारद्वारा पदभार ग्रहण

Image

धनगढी – कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

उनीहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।

attariya hospital
navjiwan hospital

पदभार ग्रहणसँगै विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसअघि बुधबार बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा.डा. जोशीलाई उपकुलपति तथा डा. चन्दलाई रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

विश्वविद्यालयले नयाँ नेतृत्वसँगै स्वास्थ्य शिक्षा, अनुसन्धान, सेवा विस्तार तथा संस्थागत सुदृढीकरणका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।