खाेज्नुहाेस

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Image
सांकेतिक फोटो
navjiwan hospital

डोटी – डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सायल गाउँपालिका –४ डौडमा ट्याक्टर दुर्घटना हुँदा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका ४६ वर्षीय रामकृष्ण डगौराको मृत्यु भएको हो ।

शनिबार भे २ च १७६० नम्बरको ट्याक्टर सायलमा निर्माणाधीन १० शय्याको अस्पतालमा सामान पु¥याएर फर्किने क्रममा भाँतला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

attariya hospital